S o c i a l   D r e a m

गिटार होइन, विचार बोक्ने हिरो चाहिन्छ"

Published 02/08/2025
image

अमेरिकामा फिल्महरू वैज्ञानिक सोच, अनुसन्धान, र भविष्यदृष्टि आधारित विषयवस्तुमा निर्माण हुन्छन् ।


“Interstellar”, “The Martian”, “Oppenheimer” जस्ता फिल्महरूले विज्ञानको रहस्य, नवप्रवर्तन, र मानवताको भविष्यबारे गहिरो संवाद खोल्दछन्। यस्ता कथाले त्यहाँका युवाहरूमा वैज्ञानिक बन्ने, अनुसन्धानकर्ता, आविष्कारक, वा साहसी अन्वेषक बन्ने सपना रोप्दछन्।

हाम्रो समाजमा बन्ने अधिकांश फिल्महरू प्रेम, भावुकता, बलिदान, र ‘दिलको कुरा’ वरिपरि घुम्दछन्। “आशिकी”, “दिलवाले”, “सैयरा” जस्ता चलचित्रहरूले प्रेमलाई जीवनको चरम लक्ष्यजस्तो बनाइदिएका छन्। 

फलस्वरूप, हाम्रो समाजमा वैज्ञानिक होइन, ‘आशिक’, ‘दिवाना’, जाँडया, अनि प्रेमको नशामा बौलाएका युवाहरू जन्मिन्छन् — जसले मुटुको धड्कन त सुन्छन्, तर जीवनको गन्तव्य बिर्सन्छन्।”

युवापुस्ताको मानसपटलमा ‘आशिक’, ‘दिवाना’, र ‘जुनून’ नै सफलता र सम्मानको प्रतीक बनेको छ।

वहाँका युवाहरू स्पेसशिप बनाउँछन्, AI मा काम गर्छन्, मङ्गल ग्रहको कल्पना गर्छन्।
हाम्रा युवाहरू गीता पढ्न छोडेर शायरी खोज्छन्, विज्ञानका सूत्र बिर्सेर लभ लेटर लेख्छन्।

समस्या प्रेममा होइन, प्राथमिकतामा हो।
हामीले सिनेमा र मिडिया मार्फत युवालाई के देखाइरहेका छौं? के सिकाइरहेका छौं?

फिल्म हाम्रो संस्कृतिको दर्पण मात्र होइन, भविष्यको खाका पनि हो। जसरी कथा देखिन्छ, त्यसैअनुसार सपना देखिन्छ। त्यसैले, यदि हामी वैज्ञानिक, अनुसन्धानकर्ता, अथवा उद्यमी युवा चाहन्छौं भने, हामीले “हिरो” को परिभाषा नै परिवर्तन गर्नुपर्छ।

हाम्रो हिरो गिटार बोकेको होइन, विचार बोकेको हुनुपर्छ।
हाम्रो हिरो गुलाब होइन, किताब बोकेको हुनुपर्छ।
हाम्रो हिरोले प्रेम मात्र होइन, परिवर्तन पनि गर्न सक्नुपर्छ ।

हामी “दिलवाले” बन्ने सपना देखिरहेका छौं, जबकी संसार “ड्रिमबिगर” बन्ने दौडमा छ।